सनराइज बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ ।
बैंकले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदाै २ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस