Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतकाे हकप्रद सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, ११ : १२ मा प्रकाशित

राधी विद्युतकाे हकप्रद सुरक्षित गर्ने आज अन्तिम माैका

राधी विद्युत कम्पनी लिमिटेडकाे हकप्रद सेयर सुरक्षित गर्ने आज (भदाै १० गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि भदाै १२ गते, आइतबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (भदाै १० गते, शुक्रबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले धिताेपत्र बोर्डको साउन ९ गते बसेको बैठकबाट १४७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको