नेपाल किन बनेन भन्ने बहस बेला बेलामा चल्ने गरेको छ । बीबीसी नेपालीका दिवंगत पत्रकार सुशील शर्माले प्रथम पटक यो बहस सुरु गरेका थिए । पछी गएर यो वहसमा रवीन्द्र मिश्र , मुमाराम खनाल , स्वर्णिम वाग्ले , लिलामणि पौडेल , गगन थापा लगायत अरु नागरिक समाजका अगुवाहरु पनि यसमा जोडिनु भएको थियो । उक्त बहस बिचबिचमा पनि उठ्ने गरेको छ । सोहि वहसमा जोडीदै म पनि आफ्नो धारणा यसै छोटो लेख मार्फत प्रकास पार्न चाहन्छु ।
म राजनीतिमा मुलत ३ समस्या देख्छु :
पहिलो , नयाँ युगलाई बुझ्न असमर्थ फेजआउट भैसकेको जड नेतृत्व । आजका स्थापित नेताहरु युवाकालमा क्रान्तिकारी थिए । राजनीतिक विचार बोक्न आजको जस्तो सजिलो थिएँ । राजनीति गरे वापत जेल जानु पर्ने , सम्पति जफत हुने र परिवारले दुख पाउने अध्यारो युग संग आजको नेतृत्व लडेर आएको हो । उनीहरुले आफ्नो युगलाई बुझेका थिए । उनीहरुले त्यतिबेला लडेर आफु युवा हुनुको दायित्व निर्वाह गरे । उहाँहरु प्रति सम्मान छ । आज हामीले उपभोग गरिरहेको उन्नत लोकतन्त्र बुढा नेताहरुले दिएको देन हो । तर ति नेताहरु आजको युगलाई बुझ्न भने असमर्थ छन । आज हामी समर्थ छौं । विरासत राजनितिको नाममा नमरुन्जेल राजनीतिको बिडों थाम्ने परम्परा गलत हो । स्कुल व्यवस्थापन , सहकारी , विश्वविद्यालय , हस्पिटल , राजनीति , जहाँ जहाँ समिति छ त्यहाँ त्यहाँ बुढा पुस्ताहरु छन । बुढाहरुलाई नयाँ सोच स्वीकार्न गारो भैरहेको छ । जमाना यति द्रुत गतिमा बढिरहेको छ कि बुढा पुस्ताले त्यसलाई समात्न सकेका छैनन । उनीहरु संग विकासको नाममा बाटो , स्कुल हस्पिटल र बिजुली मात्रै छ । तर आजको आवस्यकता ति प्राथमिक कुरा मात्र होइनन । गुणस्तरीय जीवन बारे उनीहरुलाई केहि थाहा छैन । बुढो पुस्ता अनुज पुस्ताप्रति चिन्तित छैनन् । उनीहरुलाई आजको नयाँ राजनीतिक मुद्दाहरु जस्तो कि क्लाइमेट चेन्ज , मानवाधिकार , इन्टरप्रेनरसिप आदी बारे थाहा छैन । अबको युवा पुस्ता राजनीतिको नाममा लडाई गर्न , आन्दोलन गर्न चाहन्नन , उनीहरु आफ्ना योजना सोझै जनता माझ लगेर परिक्षण हुन चाहन्छन् ।
दोश्रो , राजनीतिकर्मीको उद्धमशीलता विहिन जीवनशैली । अहिले स्थापित नेताहरु धेरैको उद्धम इलम छैन । अधिकांस होल टाइमर राजनीतिकर्मी हुन । उनीहरु बरु पूर्णकालीन राजनीतिज्ञ भनिन रुचाउछन । व्यापार , व्यवसाय , उद्योग , उत्पादन नगर्ने नेताले देशको उज्ज्वल भविष्यको कल्पना मात्रै गर सक्छ तर त्यसलाई चाहिने वास्तविक योजना बनाउन सक्दैन । आजका बुढा नेताहरुले बनाको ठुलो ठुलो योजना एउटा उद्धमशील युवाले एकैछिनमा गरिदिन सक्छ । नेपाल पछी परेको सबै नेता पूर्णकालीन राजनीति गर्नाले हो । होला कुनै समय त्यो आवस्यक थियो होला तर अब आवश्यक छैन । जसले उद्धम गर्दैन उसले देशको आर्थिक प्रणाली बुझ्दैन , देशलाई कर तिर्नेलाइ सम्मान गर्दैन । अझ डरलाग्दो के भने बुढो पुस्ताले आफु पछाडी लागेको युवा पंक्तिलाई पनि उद्धम गर्न सिकाइ रहेको छैन । हामी कहाँ राजनीति गर्नेले उद्धम गर्नै हुदैन भन्ने परेको छ जबकी यो कुरा ठिक उल्टो हो । आफै उद्दम गर्ने राजनीतिज्ञले चन्दा उठाएर राजनीति गर्नु पर्छ । चन्दा दिनेले केहि रिटर्न आस गर्छ । र नेताले सम्झौता गर्न पर्छ । अहिलेको नेताहरुलाई पार्टी चलाउन , राजनीति चलाउन चन्दादाताहरु संग भर पर्नु परेको छ । यदि उद्धम गर्ने नेता भयो भने उसले आफ्नो खर्च आफै बेहोर्नेछ र कसै संग कुनै सम्झौता गर्नुपर्ने छैन ।
तेश्रो , युवालाई अवसर दिनबाट रोकावट । आजको युवामा विश्व हाक्ने क्षमता छ । टोलको युवा क्लब चलाएर बसेको युवा संसारको जुन सुकै ठाउँ मा गएर प्रतिष्पर्धा गर्ने क्षमता राख्दछ । ज्ञान, सिप, सुचना र प्रवीधीले गर्दा आजको युवा पुस्ता बुढो पुस्ताले सोचे भन्दा धेरै नै फर्वार्ड छ । युवाहरु विश्वमा भैरहेका घटना बाट छिटो तरंगित भैरहेका छन । युवाहरुले विश्वका विकसित सहर देखेका छन् , विश्वका सफल प्रणाली देखेका छन । युवाहरु राजनीति नै हाइटेक सोचिराको छन । युवाको जोशलाई हामी कहाँ बुढा नेताहरुको पिछलग्गु बनाउन मात्र प्रयोग भैरहेको छ । अबको जमानामा युवाको अधिकतम प्रयोग नगर्ने देश यसैउसै पछी पर्छ । युवाहरु भविष्यको कर्णधार मात्र होइनन बर्तमानकै पिल्लर हुन । युवालाई बुढो बनाएर होइन उ युवा छँदै जिम्मेवारी दिऔं । हाल पुराना पार्टीको कमिटि प्रणाली नै यस्तो जटिल छ कि त्यहाँ युवा पुस्ता एजेन्डा राम्रो भए पनि आउन सक्दैन ।
सैदान्तिक रुपले हेर्दा मुलत यिनै तिन समस्या मैले देखे । देश साच्चै बनाउने हो भने अब यी तिन समस्याको हाल गर्न जरुरी भैसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस