Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, ११ : ४० मा प्रकाशित

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्सद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ  । 

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसैगरी बैंकका ग्राहकहरुले मोको  मार्फत स्क्यान टू पे को माध्यमबाट १ हजार ५ सय भन्दा बढी विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तै गरि माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले Visa, alipay / Union Pay सँग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको QR बाटै भुक्तानी लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको