Like us!
Follow us!
Connect us!
Watch us!

मलेसियामा ६ दशमलव १ म्याग्नेच्यिुडको भूकम्प

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १३ : १९ मा प्रकाशित

मलेसियामा ६ दशमलव १ म्याग्नेच्यिुडको भूकम्प

मलेसियामा शक्तिशाली भूकम्प गएको छ । राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार बिहान ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको मलेसियाको भूकम्प मापन केन्द्रले जनाएको छ । 

राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ५९ मिनेट जादा उक्त भूकम्प गएको हो । 

भूकम्पले पुर्‍याएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रवाह रोकिएको थियो । भूकम्पको केन्द्रविन्दु समुद्री तटबाट ६४ किलोमिटर टाढाको समुद्रमा रहेको जनाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको