Like us!
Follow us!
Connect us!
Watch us!

बालेनका बिरुद्धमा अदालतमा मुद्दा

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १४ : ५८ मा प्रकाशित

बालेनका बिरुद्धमा अदालतमा मुद्दा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका विरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका हुन् । मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले  अदालतको अवहेलना गरेको उनको तर्क छ । 

अधिवक्ता दीपकराज जोशीले दायर गरेको अदालतको अवहेलनासम्बन्धी रिटउपर न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो । उक्त मुद्दाको सुनुवाइ भइसकेपनि आदेश आउन बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको