Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंक र कर्णाली कियरबीच सम्झौता, ग्राहकलाई छुट

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १५ : ४२ मा प्रकाशित

एनसीसी बैंक र कर्णाली कियरबीच सम्झौता, ग्राहकलाई छुट

एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । 

सम्झौतापत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उप निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लीमा Cabin (Deluxe) मा २५ प्रतिशत, Cabin (Normal) and whole body check up मा २० प्रतिशत, Operation Charge (O.T) मा १५ प्रतिशत, CT Scan, X-ray, USG (Ultra Sound), ECHO, Endoscopy, ICU/NICU, Post up, Dental and ambulance मा १० प्रतिशत र  pathology and pharmacy (medicine) मा ५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको