Like us!
Follow us!
Connect us!
Watch us!

एक लगानीकर्ताको प्रश्नः एक दिन पनि होल्ड गर्न नसक्ने म्युचुअल फण्डहरु आईपीओमा कोटा किन ?

अर्थ संसार

विहीबार, १६ भदौ २०७९, १० : ३३ मा प्रकाशित

एक लगानीकर्ताको प्रश्नः एक दिन पनि होल्ड गर्न नसक्ने म्युचुअल फण्डहरु आईपीओमा कोटा किन ?

मंगलबार मात्र नेप्सेमा सुचिकृत भएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको साधारण सेयर आईपिओको दोस्रो बजार कारोबार बुधबारबाट मात्र सुरु भयो तर यो कम्पनी दोस्रो बजार कारोबार सुरु भएको पहिलो दिनमै सर्वाधिक कारोबार हुने कम्पनीको तेस्रो नम्बरमा पर्यो । 

बुधबार यो कम्पनीको ३ करोड २७ लाख ८९ हजार ३४१ रुपैयाँ बराबरको ९७ हजार ६५३ कित्ता सेयरको कारोबार भएको छ । कारोबार भएको पहिलो दिनमै यति धेरै संख्यामा सेयर कारोबार साधारण सेयर लगानीर्ताहरुले मात्र सेयर बेचेर भने भएको होईन । 

कुनै पनि कम्पनीले साधारण सेयर आईपिओ जारी गर्दा जारी गर्न लागेको सख्याको ५ प्रतिशत कोटा म्युचुअल फण्डहरुले प्राप्त गर्ने गर्दछन् । राप्ती हाइड्रोको पनि १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुलाई वितरण गरिएको थियो । 

सामान्यत म्युचुअल फण्डहरुलाई बजार निर्माताका रुपमा पनि व्याख्या गर्ने गरिन्छ । समग्र बजार र लगानीकर्ताहरु प्यानिक भएको अवस्थामा बजारलाई सम्हाल्ने भुमिका संस्थागत लगानीकर्ताहरुबाट अपेक्षा गरिएको हुन्छ तर यसरी कोटामा पाएको आईपिओ पनि कारोबारको पहिलो दिनमै फाल्न हतारिने म्युचुअल फण्डहरुसंग के अपेक्षा गर्ने एक लगानीकर्ताले अर्थसंसारसंग गुनासो गरे । 

‘केहि महिना अघिसम्म पनि आईपीओ सूचिकृत भएको केहि दिनसम्म त दोस्रो बजार किन्न पाईने अवस्था नै थिएन २ ४ सर्किट नलाग्दा सम्म त बजारका जस्ता कम्पनीको पनि सेयर किन्न पाईने अवस्था थिएन’ उनले भने ‘तर अहिले कारोबारको पहिलो दिनमै फालाफाल सेयर पाइन्छ बरु म्युचुअल फण्डहरुलाई कोटा नदिएको भए यति धेरै सेलिङ त आउने थिएन १० कित्ता सेयर पाउने लगानीकर्ताहरुले सेयर बेच्दा यति धेरै सेलिङ आउने त संभावना नै छैन ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको