Like us!
Follow us!
Connect us!
Watch us!

दाहुवाको दशैं अफर : सीसीटिभी किन्दा दुबई घुम्ने मौका

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, १७ : २१ मा प्रकाशित

दाहुवाको दशैं अफर : सीसीटिभी किन्दा दुबई घुम्ने मौका

नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीहरु आधिकारीकरुपमा आयात तथा बितरण गर्दै आएको बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर “दुबई घुमौं यसपालीको दशैं तिहार“ मा नामक योजना अन्तरगत नयाँ अफर सार्वजनिक गरेको हो।

कम्पनीले कुनैपनि ग्राहकहरुले रु।१५ लाख बराबरको दाहुवा ब्राण्डका सीसीटिभी तथा अन्य सामानको खरिदमा सो अफरमा सहभागी हुन पाउने छन्। योजना यहि २०७९ भदौ ९ गतेदेखि २०७९ असोज ३१ गतेसम्म खरिद गरिएका दाहुवाका सामग्रीहरुमा मात्र लागू हुनेछ।

यस बाहेक बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर नै खरिद गरौं “दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा” अफर समेत ल्याएको छ ।  यसअफर अन्तरगत कम्पनीले रु।३ लाख बराबरको खरिदमा २२ इन्चको मनिटर सित्तैमा उपहार दिनेछ भने २ लाख बराबरको खरिदमा १९ इन्चको मनिटर उपहारमा पाईनेछ।

यो अफर योजना लागू भएपछि खरिद गरिएका सामानहरुमा मात्र लागू हुनेछ भने योजना नगद खरिदमा मात्र लागू हुनेछ। दशैं अफर अन्तरगत खरिद गरिएका सामानहरुमा अन्य कुनै पनि छुट प्रदान गरिने छैन र योजना स्टक रहेसम्म मात्र लागू हुनेछ।

खरिद गरौं दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा अफर अन्तरगतको योजन ायहि २०७९ भदौ १७ गतेदेखि २०७९ मंसिर १४ गतेसम्म मात्र लागू हुनेछ।

दुबै अफर अन्तरगतका सम्पूर्ण शर्त तथा नियमहरु बिध म्यानेजमेन्ट प्रालिमा निहित हुनेछ भने दुबई भ्रमणको तालिका समयानुकूल तय गरिनेछ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको