Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकद्वारा सिसिटिभी क्यामरा हस्तान्तरण

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १५ : ४६ मा प्रकाशित

ज्योति विकास बैंकद्वारा सिसिटिभी क्यामरा हस्तान्तरण

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई CCTV क्यामराहरु हस्तान्तरण गरेको छ।

लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहाललाई CCTV क्यामरा हस्तान्तरण गरेका हुन् । बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरुको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्याउने हेतुले सो सहयोग गरेको हो।

ज्योति विकास बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको