Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा आज, ७५ प्रतिशत हकप्रद पारित हुने

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, ०६ : ५४ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा आज, ७५ प्रतिशत हकप्रद पारित हुने

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण आज हुँदैछ । यसअघि भदौ ३ गते, शुक्रबार हुने भनिएको कम्पनीको साधारण सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीको भदौ १० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको तेर्हौँ र चौधौँ वार्षिक साधारण सभा आज भदौ १९ गते, आइतबार, लिसारा बैंङ्क्वेट हल, नक्साल, काठमाडौँमा पुनः बस्दैछ ।

सभाले अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्नेछ । सभाले कम्पनीको पूँजी वृद्धि सम्बन्धी विशेष प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभामा हकप्रदमार्फत पूँजी वृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित हुनेछ ।  सभाले १ः०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले सभा प्रयोजनका लागि २६ साउनमा बुकक्लोज गरिसकेको छ । तसर्थ, २५ साउनसम्म कायम सेयरधनीले मात्र सभामा उपस्थित हुन पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको