Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र काठमाण्डौं नेत्रालयबीच आकर्षक छुट गर्ने सम्झौता

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, १२ : ४२ मा प्रकाशित

प्रभु बैंक र काठमाण्डौं नेत्रालयबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र गोल्फुटारस्थित काठमाण्डौं नेत्रालयबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख कृष्ण दवाडी र काठमाण्डौं नेत्रालयका तर्फबाट निर्देशक रोहित सैंजुले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले काठमाण्डौं नेत्रालयद्धारा सञ्चालित सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत काठमाण्डौं नेत्रालयमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, काठमाण्डौं नेत्रालयका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको