Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलका हितग्राहीलाई अफर : गोल्ड जिममा विशेष छुट

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, १६ : ३३ मा प्रकाशित

प्रभु क्यापिटलका हितग्राहीलाई अफर : गोल्ड जिममा विशेष छुट

प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले Beyond Fit Private Limited (Gold’s Gym) सँग सम्झौता गरेको हो ।

भदौ १९ गते आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।  एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनाबाट लाभ लिन हितग्राहीले Bill Payment गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट समझौताको मितिदेखि तीन महिनासम्म लिन सक्नेछन् । 

 

63187841db52b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको