Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र होटल मानकीबीच आकर्षक छुट गर्ने सम्झौता

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, ११ : ३६ मा प्रकाशित

प्रभु बैंक र होटल मानकीबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल मानकी इन्टरनेशनल प्रा. लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र होटल मानकी इन्टरनेशनलका तर्फबाट प्रबन्ध निर्देशक रञ्जन कुमार साहद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल मानकी इन्टरनेशनलद्धारा सञ्चालित “फुड” र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत होटल मानकी इन्टरनेशनलमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल मानकी इन्टरनेशनलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको