Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, ११ : ५० मा प्रकाशित

एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार भदाै २२ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । भदाै २१ गते, मंगलबारसम्म बैंकहरूकाे निक्षेप ५० खर्ब ४० अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ७ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ७ अर्बले बढेर ४४ खर्ब ४८ अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह पनि २ अर्बले बढेर ४७ खर्ब १६ अर्ब रूपैयाँ पुगेकाे छ । वाणिज्य बैंकहरूकाे कर्जा लगानी पनि एक अर्बले बढेर ४१ खर्ब ८१ अर्ब रूपैयाँ पुगेकाे छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८८.२१ प्रतिशतबाट घटेर ८८.१३ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

631d7c7eeb79e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको