Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र नेपाल एलपी ग्याँस उद्योग संघबीच बैंकिङ्ग सेवा विस्तार गराउने सम्झौता

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, १७ : ३५ मा प्रकाशित

प्रभु बैंक र नेपाल एलपी ग्याँस उद्योग संघबीच बैंकिङ्ग सेवा विस्तार गराउने सम्झौता

प्रभु बैंक लिमिटेड र नेपाल एलपी ग्याँस उद्योग संघकाबीच आज २०७९ भाद्र २७ गतेका दिन बैंकिङ्ग सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एल. पि. ग्याँस उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल भण्डारीद्घारा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

प्रभु बैंक र नेपाल एल.पि. ग्याँस उद्योग संघका बिच सम्पन्न उक्त सम्झौता अनुसार बैंकले संघमा आवद्ध सदस्यहरुलाई नेपाल आयल निगम बाट एल.पि. ग्याँस खरिद र ढुवानी प्रयोजनका लागी Purchase Delivery Order जारी गर्न  गैर कोषमा आधारित बैंक जमानत कर्जा एवं अन्य सुविधाहरु उपलब्ध गराउने साथै नेपाल एल. पि. ग्याँस उद्योग संघका सम्पूर्ण सदस्यहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको