Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र गण्डकी मेडिकल कलेजबीच आकर्षक छुट गर्ने सम्झौता

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १२ : ०२ मा प्रकाशित

प्रभु बैंक र गण्डकी मेडिकल कलेजबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट पोखरा शाखा कार्यलय प्रमुख पुष्कर शेरचन र गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका तर्फबाट प्रिन्सिपल प्रोफेसर डा. रविन्द्र प्रसाद श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चद्धारा सञ्चालित हस्पिटल सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको