Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर लाइसेन्समा चलखेल : ३ वर्षलाई धकेलियो लाइसेन्स वितरण प्रकृया

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १५ : ३६ मा प्रकाशित

ब्रोकर लाइसेन्समा चलखेल : ३ वर्षलाई धकेलियो लाइसेन्स वितरण प्रकृया

नयाँ ब्रोकर लाइसेन्स वितरणमा चलखेल भएकाे पाइएकाे छ । नयाँ ब्रोकरका लागि आवेदन माग गर्ने तयारी हुनै लागिएकाेमा अब फेरि याे प्रकृया ३ वर्षलाई धकेलिएकाे छ । 

धितोपत्र बोर्डले आज मन्त्रिपरिषदले पारित गरेर पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) (चौथो संशोधन) नियमावली, २०७९ सार्वजनिक गरेको छ । उक्त संशोधित नियमावलीमा नियमावली प्रारम्भ भएको तीन वर्षपछि बजारको आवश्यकता अनुसार नयाँ धितोपत्र व्यवसायीको लागि आवेदन खुलाउने र त्यसको लागि ३० दिनको अवधि दिने उल्लेख गरिएकाे छ।

त्यसैगरी, संशाेधित नियमावली अनुसार अब ब्रोकर कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्नेछ । जस अनुसार सीमित कारोबार गर्नेको न्यूनतम चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको १ अर्ब ५० करोड रुपैयाँ ताेकिएको छ । 

नियमावली पुरा हेर्न यहाँ थिच्नुाेस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको