Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायो दशैं रिचार्ज बोनस : हरेक रिचार्जमा बोनस ब्यालेन्स पाइने

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १५ : ५८ मा प्रकाशित

एनसेलले ल्यायो दशैं रिचार्ज बोनस : हरेक रिचार्जमा बोनस ब्यालेन्स पाइने

एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् । 

यो योजना भदौ २८ गते मंगलबारदेखि सञ्चालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु १५० रिचार्ज गरेमा रु २० बोनस स्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ । 

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । 

आफ्ना ग्राहककालागि रु १०० वा सोभन्दा बढिको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 

दैनिक रिचार्ज  बोनस ब्यालेन्स   बोनस ब्यालेन्सको समयावधि 
रु १००  रु १० १ दिन 
रु १५० रु २० ३ दिन 
रु २०० रु ४० ७ दिन 


 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको