Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत सर्ट भई आगलागी, क्षतिको विवरण आउन बाँकी

अर्थ संसार

बुधबार, २९ भदौ २०७९, ०७ : १४ मा प्रकाशित

विद्युत सर्ट भई आगलागी, क्षतिको विवरण आउन बाँकी

भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित ओम ब्याकेन सुज हाउसमा गए राति आगलागी भएको छ । सुज हाउसमा राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको हो ।

स्थानीय तेज नारायण चापागाईको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ सञ्चालन गर्दै आएको उक्त सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण आउन बाँकी छ । आगलागीबाट मानविय क्षति भनेको भएको छैन । स्थानीय, प्रहरी र दमकलको सहायताले  गए राति नै आगो नियन्त्रणमा लिइएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको