Like us!
Follow us!
Connect us!
Watch us!

साथीमार्टको नयाँ शाखा बर्दघाटमा

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ११ : ५१ मा प्रकाशित

साथीमार्टको नयाँ शाखा बर्दघाटमा

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ शाखा परासी जिल्लाको बर्दघाटमा सञ्चालनमा आएको छ ।

मिडिया व्यवसायी नारायण भण्डारीले साथीमार्टको फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएका हुन् । मिडिया क्षेत्रमा धेरै वर्ष काम गरेकाले अन्य क्षेत्रमा पनि केही गरुँ भन्ने इच्छा बढेकाले साथीमार्ट सञ्चालन गर्न लागेको भण्डारीले बताए । 

रिटेलमा रुची बढेकाले पनि साथीमार्टको राष्ट्रिय सञ्जालमा जोडिएर बर्दघाटमा पहिलोपटक स्मार्ट सपिङ सेन्टर खोलेको उनको भनाइ छ । आउटलेट स्थानीय ज्येष्ठ नागरिकले उद्घाटन गरेका थिए । 

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (saathimart.com) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् । 

एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको