Like us!
Follow us!
Connect us!
Watch us!

मोदीसंगको भटेमा पुटिनले भने-‘जति सक्दो चाँडो युद्ध अन्त्य गर्न चाहान्छौ’

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, ०९ : ५७ मा प्रकाशित

मोदीसंगको भटेमा पुटिनले भने-‘जति सक्दो चाँडो युद्ध अन्त्य गर्न चाहान्छौ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको छेउमा भएको वार्तामा युक्रेन युद्धलगायत समसामयिक विषयमा छलफल भएको रुसी प्रशासन केन्द्र केमलिनले जनाएको छ । 

उज्बेकिस्तानमा भएको क्षेत्रीय सुरक्षा ब्लक शिखर सम्मेलनको छेउमा शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई भने, ‘ मलाई थाहा छ कि आजको युग युद्धको युग होइन र मैले तपाईसँग यस बारे टेलिफोनमा छलफल गरेको छु’,
उनले लोकतन्त्र, कूटनीति र संवादले विश्वलाई एकताबद्ध बनाएको बताए ।

जबाफमा पुटिनले युक्रेनले वार्ता अस्विकार गरेको र आफ्नो उदेश्य ‘युद्ध मैदानमा ’ प्राप्त गर्न चाहेको बताएका थिए । उनले मोदीलाई भने, ‘मलाई युक्रेनको द्वन्द्वमा तपाईंको स्थिति थाहा छ । तपाईंहरूले निरन्तर व्यक्त गर्नुभएको चिन्ताको बारेमा मलाई थाहा छ।’

सो अवसरमा रुसी राष्ट्रपति पुटिनले मोदीलाई युक्रेन द्वन्द्व बारेमा नयाँ दिल्लीको चासो बुझेको र यसलाई जति सक्दो चाँडो अन्त्य गर्न चाहेको बताएका थिए

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको