Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको नबिकेकाे हकप्रद आजबाट लिलामीमा, कसरी दिने आवेदन ?

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, ११ : २१ मा प्रकाशित

ङादी ग्रुप पावरको नबिकेकाे हकप्रद आजबाट लिलामीमा, कसरी दिने आवेदन ?

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले आज असोज २ गतेदेखि सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमा बिक्री खुल्ला गरेकाे छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । 

लिलामी भर्ने अन्तिम म्याद १३ असोजसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

ङादी ग्रुप पावरले गत १८ साउनदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, घनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको