Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र गुर्जुधारा डेन्टल केयरबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १२ : १२ मा प्रकाशित

प्रभु बैंक र गुर्जुधारा डेन्टल केयरबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र गुर्जुधारास्थित गुर्जुधारा डेन्टल केयरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र गुर्जुधारा डेन्टल केयरका तर्फबाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त डेन्टल क्लिनिकबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले गुर्जुधारा डेन्टल केयरद्धारा सञ्चालित “साधारण दन्त उपचार” सेवामा १५ प्रतिशत र “जटिल दन्त उपचार” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत गुर्जुधारा डेन्टल केयर प्रा. लि. मा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, गुर्जुधारा डेन्टल केयर प्रा. लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको