Like us!
Follow us!
Connect us!
Watch us!

मिटर ब्याजी पीडितको आन्दोलन स्थगित, सरकारसँग ५ बुँदे सहमति

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १७ : ५७ मा प्रकाशित

मिटर ब्याजी पीडितको आन्दोलन स्थगित, सरकारसँग ५ बुँदे सहमति

मिटर ब्याजी पीडितहरुले सरकारसँगको पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् । काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएको हो । 

सरकारले माग पूरा गर्न सहमत भएपछि तत्कालका लागि   आन्दोलन स्थगित गरिएकोसमिति अध्यक्ष राम सुरत गुप्ताले बताए । 

गृह मन्त्रालय र संघर्ष समितिबीच शनिबार बिहान ५ बुँदे सहमति भएपछि आइतबार पत्रकार सम्मेलन गरेर समिति अध्यक्ष गुप्ताले तत्कालका लागि आन्दोलन स्थगित गरेको जानकारी दिएका हुन् । 

माइतीघरमा ४७ दिनदेखि समितिको अगुवाइमा पीडितहरुले मिटर ब्याज तथा ठगीविरुद्ध आन्दोलन गर्दै आएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको