Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफले सुरु गर्यो डायनामिक क्यूआर पेमेन्ट सिस्टम

अर्थ संसार

मंगलबार, ०४ असोज २०७९, १२ : ४९ मा प्रकाशित

नेपाल लाइफले सुरु गर्यो डायनामिक क्यूआर पेमेन्ट सिस्टम

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डायनामिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । आइतबार दिउँसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

नेसनल सेल्स हेड उमापति पोखरेलले Dynamic QR को माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गर्नु भयो । यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डायनामिक क्यूआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशैभरीका शाखा तथा Dynamic QR को माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

निकै तल्लो विन्दुमा नेपाल लाइफको मूल्य : किन्ने उत्तम बेला हो ? (कम्पनी विश्लेषण)

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज , सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए । डायनामिक क्यूआर पेमेन्ट सिस्टमको माध्यमबाट रु २ लाखसम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा  सहजै गर्न सकिनेछ । अरु छेत्रमा Dymanic QR पहिलेदेखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक QR बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो । 

कार्यकममा नेपाल लाइफका कर्मचारी , अभिकर्ता र ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरेका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको