Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र अत्तरीया हस्पिटलबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

अर्थ संसार

मंगलबार, ०४ असोज २०७९, १७ : ०८ मा प्रकाशित

प्रभु बैंक र अत्तरीया हस्पिटलबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र कैंलालीस्थित अत्तरीया हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रवि कान्त जोशी र अत्तरीया हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक आनन्द पाठकले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले अत्तरीया हस्पिटलद्धारा सञ्चालित (एक्स–रे, इ.सी.जी, इको, इन्डोस्कोपी, ओ.पी.डी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एन्.आइ.सी.यु, आइ.सी.यु, जेनरल बेड हस्पिटल एड्मिट शुल्क सेवामा १० प्रतिशत र क्याबिन हस्पिटल एड्मिट शूल्कमा २० प्रतिशत, साथै ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

त्यस्तै, सम्झौता अन्तर्गत अत्तरीया हस्पिटलमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अत्तरीया हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको