Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेजबीच सम्झौता

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, ११ : ३३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेजबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किङ्गस कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम "ओथारो" मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौता पछि ओथारो कार्यक्रम मार्फत किङ्गस कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरुबाट व्यवसायीक नवप्रवर्तन योजना माग गरी उत्कृष्ठ योजना छनौट गरीे परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ । 

तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।  

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले उद्यमशीलता बन्न चाहने युवाहरुलाई लक्षित यो कार्यक्रमले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले यस्तो सम्झौताले उद्यमशीलता गर्न चाहने युवाहरुलाई व्यवसायी बन्न सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रवाह र राज्यले अबलम्बन गरेको यस सम्बन्धी नीतिका बारेमा प्रकाश पार्दै सम्पूर्ण सहभागीहरुलाई स्वागत गरेका थिए ।

कृषि तथा सामाजिक बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषभ भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अवसरमा बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, विनयरमण पौडेल, दुर्गा छत्कुली कँडेल, कलेजका पार्टनरसीप तथा विकास प्रमुख प्रज्वल खड्का, उदगम खड्का लगायतको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको