Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र क्रेभ रेष्टुरेन्टबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १४ : १५ मा प्रकाशित

प्रभु बैंक र क्रेभ रेष्टुरेन्टबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र पोखरास्थित क्रेभ रेष्टुरेन्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हरीचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ र क्रेभ रेष्टुरेन्टका तर्फबाट प्रोप्राइटर मिलन थकालीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले क्रेभ रेष्टुरेन्टद्धारा सञ्चालित “फुड” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत क्रेभ रेष्टुरेन्टमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, क्रेभ रेष्टुरेन्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको