Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १६ : ११ मा प्रकाशित

सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आर्थिक वर्ष २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औं वार्षिक उत्सवको अवसरमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५९ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको