Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याबिलिटेसनबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १७ : ३९ मा प्रकाशित

प्रभु बैंक र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याबिलिटेसनबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र हसनपुर, धनगढीस्थित न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रवि कान्त जोशी र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरका तर्फबाट निर्देशक डा. सुरेन्द्र भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरद्धारा सञ्चालित सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, न्युरोप्लास्ट फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको