Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, १७ : ३० मा प्रकाशित

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । 

यी प्याकहरु शुक्रबार (असोज ०७) देखि लागु हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्नेछन् । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन , ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन् । 

१ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले रु २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन् । 

आफ्नो आवश्यकता अनुसार बढि समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहित मात्र रु ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इी भ्वाइस प्याकहरु सुचारु गर्न सक्नेछन् । 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ । भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजसँग सुलभ दरमा कल गर्न सकिने गरि ग्राहकहरुका लागि  चाडपर्वको अवसरमा यी प्याकहरु ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको