Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र पश्चिमाञ्चल डाइग्नोस्टिकबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, १७ : ५१ मा प्रकाशित

प्रभु बैंक र पश्चिमाञ्चल डाइग्नोस्टिकबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र पोखरास्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हरिचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ्ग र पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरद्धारा सञ्चालित ल्याबोरेटोरिज डाइग्नोस्टिक टेस्टमा २५ प्रतिशत, नर्मल एण्ड स्पेशल अल्ट्रासाउण्डमा १० प्रतिशतका साथै व्रिटोलोजी सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको