Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी क्यापिटल र आराभा नेपालबीच सम्झौता, आईपीओ निष्कासनमा सहजिकरण गराउने

अर्थ संसार

आइतबार, ०९ असोज २०७९, १३ : ५६ मा प्रकाशित

कुमारी क्यापिटल र आराभा नेपालबीच सम्झौता, आईपीओ निष्कासनमा सहजिकरण गराउने

कुमारी क्यापिटल लिमिटेडले “Way to Listing” सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।

सोही सेवा अन्तर्गत आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडलाई IPO जारी गर्ने चरणसम्म पुर्याउने आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरेका छन् ।

इजराईलबाट कृषिसम्बन्धि सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित यस आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेड एकिकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको