Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि मर्चेन्ट बैंकिङ्गले डाक्याे साधारण सभा, लाभांश पारित हुँदै

अर्थ संसार

सोमबार, १० असोज २०७९, ११ : ११ मा प्रकाशित

आरविवि मर्चेन्ट बैंकिङ्गले डाक्याे साधारण सभा, लाभांश पारित हुँदै

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले साताैँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको असाेज ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असाेज ३१ गते, साेमबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे केन्द्रिय कार्यालय, सिंहदरबारप्लाजा, काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ ।

सभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९ पारित गरिनेछ ।

त्यसैगरी, लेखापरीक्षणको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै लेखा परीक्षकको नियुक्ति गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ७.५०% (कर सहित) नगद लाभांश प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63313ab79c6dd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको