Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको ३ दिने कन्फेरेन्स सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत

अर्थ संसार

सोमबार, १० असोज २०७९, १४ : ५५ मा प्रकाशित

सिटिजन लाइफको ३ दिने कन्फेरेन्स सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण २०७९ साल असोज ३, ४ र ५ गते सौरहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ ।

कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिनु भएका सम्पुर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक वर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनितिबारे छलफल गरियो साथै आर्थीक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाई विभिन्न ३१ विधामा सम्मान गरिएकाे थियाे ।

यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरु बिच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध बिषयहरुमा छलफल गरियो र प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भएकाे थियाे । 

कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको