Like us!
Follow us!
Connect us!
Watch us!

मेरो पहिलो प्राथमिकता देशको आर्थिक विकास र समृद्धि, म प्रधानमन्त्रीको दौडमा छैन: प्रचण्ड

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, ०६ : ३३ मा प्रकाशित

मेरो पहिलो प्राथमिकता देशको आर्थिक विकास र समृद्धि, म प्रधानमन्त्रीको दौडमा छैन: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । प्रेस सेन्टर चितवनले ्दशैँ, तिहार लगायत चाडपर्वका अवसरमा सोेमबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले केहि बर्षदेखि नै प्रधानमन्त्रीको दौडभन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता बनाएर आफू अगाडि बढेको बताएका छन् ।  

“मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर आएको थियो । अहिले पनि छ तर मैले देशको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु,”  उनले भने । राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको दाबी उनको छ ।     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको