Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल मलमा सपिङ गर्दा टिभिएसको एन्टर्क आरटिएफआइ स्कुटर उपहार

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १४ : ५३ मा प्रकाशित

सिभिल मलमा सपिङ गर्दा टिभिएसको एन्टर्क आरटिएफआइ स्कुटर उपहार

सिभिल मलले दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष उपहार योजना ल्याएको छ ।

दशैं तिहारमा सपिङ गर्ने उपभोक्ताले टिभिएस एन्टर्क आरटिएफआइ स्कुटर, डिएचआइ ब्रान्डका  इलेक्ट्रोनिक आइटम, जाम्न डटकमको तर्फबाट पोखराका लागि राउन्ड ट्रिप प्याकेज, दिनहुँ गिफ्ट भौचर र नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मलले एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो । मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीका अनुसार यो उपहार योजना असोज ८ गतदेखि कात्र्तिक २६ गतेसम्म लागू हुनेछ । चाडपर्वलाई लक्षित गरी मल बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएसको एन्टर्क आरटिएफआइ स्कुटर पाउने सिभिल मलका मार्केटिङ म्यानेजर ठकुरीले बताए ।

सिभिल मल टिकटक च्यालेन्जमा साप्ताहिक रुपमा आकर्षक पुरस्कारहरू पनि प्रदान गरिनेछ । मलले हरेक वर्ष दशैं र तिहारको अवसर पारेर उपहार योजनाहरु ल्याउने गर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको