Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र दियालो लर्डस् प्लाजाबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १६ : २७ मा प्रकाशित

प्रभु बैंक र दियालो लर्डस् प्लाजाबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र वीरगंजस्थित दियालो लर्डस् प्लाजा बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण गुप्ता र दियालो लर्डस् प्लाजाका तर्फबाट महाप्रबन्धक शैलेज तेरीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले दियालो लर्डस् प्लाजाद्धारा सञ्चालित “फुड, वेभरेज, डाइनिङ्ग र रुम सर्भिस” सेवामा १५ प्रतिशत र “ ट्यारिफ कार्डको स्पेशल रुम रेट सेवामा” २५ प्रतिशतका साथै “कन्फेरेन्स/डीनर प्याकेजको ब्याङ्क्वीट रेटमा” २० प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत दियालो लर्डस् प्लाजामा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो लर्डस् प्लाजाका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको