राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पश्चिम रुकुम जिल्लाको मुसिकोट न.पा.वडा न.१ स्थित २६२औं शाखा कार्यालय मुसिकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको समुदघाट्न गरेका छन् ।
उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको बताउंदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । सो समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगरपरिक्रमा गरिएको थियो ।
बैंकको कर्णाली प्रदेशिक कार्यालयका उपप्रमुखको केसबराज खनालको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रदेश मन्त्री एवं सांसद माननीय गोपाल प्रसाद शर्मा, प्रदेश सांसद माननीय देवी ओली, आठबिसकोट नगरपालिकाका प्रमुख रबि के.सी.,मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र के.सी., त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार के.सी., सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर बिष्ट, पश्चिम रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष पल बहादुर खड्का, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक मुन बहादुर बुढा, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस