Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर वृद्धि अस्थायी हो, अब घट्छ : डेपुटी गभर्नर

अर्थ संसार

विहीबार, १३ असोज २०७९, ०६ : ५६ मा प्रकाशित

ब्याजदर वृद्धि अस्थायी हो, अब घट्छ : डेपुटी गभर्नर

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अहिलेको ब्याजदर बृद्धि अस्थायी भएको भन्दै यो छिट्टै घट्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको वार्षिक जर्नल अर्थचित्र बिमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहमा बोल्दै मिश्रले यस्तो बताएका हुन् । 

उनले अहिले ब्याजदर बृद्धिको ट्रेण्ड नेपाल मात्र नभएर विश्वभरी नै चलिरहेको समेत बताए । ‘विश्वका सबल भनिएका मुलुकहरुमा पनि अहिले ब्याजदर बढिरहेको अवस्था छ, नेपालमा त्यसकै प्रभावस्वरुप ब्याजदर बढेको हो’, उनले भने ।

अहिले ब्याजदर बढ्यो भनेर व्यबसायीहरु धेरै आत्तिनुपर्ने अवस्था नरहेको भन्दै यो वृद्धि अस्थायी भएकाले छिट्टै नियन्त्रणमा समेत आउने उनको तर्क छ । अहिले नेपालमा आउने रेमिट्यान्स पनि बढिरहेको छ यसलाई पनि सकारात्मक रुपमा नै हेर्न सकिने उनी बताउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको