Like us!
Follow us!
Connect us!
Watch us!

बम्पर लाभांश घोषणा गरेको मञ्जुश्री फाइनान्स नाफा ३३ प्रतिशतले घट्यो, इपिएस कति ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १० : ३५ मा प्रकाशित

बम्पर लाभांश घोषणा गरेको मञ्जुश्री फाइनान्स नाफा ३३ प्रतिशतले घट्यो, इपिएस कति ?

मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ७ करोड ५३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३३.५२ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ११ करोड ३४ लाख २ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म फाइनान्सको खुद व्याज आम्दानी भने २.२४  प्रतिशतले बढेर १९ करोड ७७ लाख २६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सको खुद व्याज आम्दानी १९ करोड ३३ लाख ८७ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सको सञ्चालन मुनाफा पनि ३०.८६ प्रतिशतले घटेर १० करोड ७६ लाख ९८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सले १५ करोड ५७ लाख ६५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म फाइनान्सको वितरणयोग्य मुनाफा ५ करोड ८५ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा ४२ करोड २६ लाख ४३ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी  (ईपीएस) ११ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको