Like us!
Follow us!
Connect us!
Watch us!

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

अर्थ संसार

विहीबार, १३ असोज २०७९, १९ : ३२ मा प्रकाशित

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई बडादसैंको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ । 

टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको