Like us!
Follow us!
Connect us!
Watch us!

दशैँको लागि कोका–कोला र सन्तोष शाहको विशेष रेसिपी

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, ११ : ३८ मा प्रकाशित

दशैँको लागि कोका–कोला र सन्तोष शाहको विशेष रेसिपी

नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दशैँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दशैँको लागि अत्यन्तै उपयुक्त छन् । 

कोका–कोला बोतलको लेबलमा भएको QR कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन् । यसको साथै, उपभोक्ताहरुले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्नेमध्ये ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन सक्नेछन् । 

उक्त सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष शाहले भने, “दशैँको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ । यो वर्ष मैले कोका–कोलासँग मिलेर दशैँमा खाइने ५ विशेष परिकारहरुको रेसिपी यहाँँहरुलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु । आशा छ, यहाँँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ । यसरी यी परिकारहरु बनाएको भिडियो चाँही सामाजिक सञ्जालमा पनि राख्नुहोला ।”

यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थीले भने, “नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो  मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ । त्यसैले वहाँँहरुको लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दशैँ विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ । हामीलाई आशा छ वहाँँहरुले पनि यी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ ।” 

कोका–कोलाले यो वर्षको आफ्नो दशैँ क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो । “सम्बन्ध उत्सव स्वादसँग” थिम राखिएको यो क्याम्पेनले दशैँको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको