Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला विकास बैंक : लाभांश सधैँ बाड्ने तर अस्थिर वितरण नीति

अर्थ संसार

आइतबार, १६ असोज २०७९, ०९ : २० मा प्रकाशित

सांग्रिला विकास बैंक : लाभांश सधैँ बाड्ने तर अस्थिर वितरण नीति

तत्कालिन दुई क्षेत्रिय बैंकहरु बागेश्वरी विकास बैंक र सांग्रिला विकास बैक बीचमा संवत् २०७१ असार २९ गते १ः१ को स्वाप रेसियोमा मर्जर भई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा सांग्रिला विकास बैंकको जन्म भएको हो । 

काठमाडौंको बालुवाटारमा केन्द्रिय कार्यलय रहेको बैंकको  देशभर ९१ वटा शाखा कार्यलयहरु छन् । बैंकले ३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रवाह गरिरहेको छ । बैंकले २०७४ सालमा तत्कालीन कसमस विकास बैंकलाई प्राप्ती गरेपछि वित्तीय रुपमा थप मजबुत बनेको छ। 

बैंकले २०७२ साल फागुनमा मा ४ः१ को अनुपातमा र २०७४ पुस महिनामा गरि दुईपटक हकप्रद सेयर निष्काशन गरेको थियो ।

सांग्रिला विकास बैंकको मुनाफाबाट हरेक वर्ष बैंकले आफ्ना सेयरधनीलाई लाभांस दिने गरेको देखिन्छ। कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१  मा लाभांस वितरण गरेको थियो। उक्त आर्थिक वर्षमा  बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ६.३० प्रतिशत नगद गरि कूल २१.३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । तेस्तै बैंकले सबैभन्दा कम आर्थिक वर्ष २०७६/७७  मा  दिएको थियो। उक्त आर्थिक वर्षमा बैंकले आफ्ना सेयरधनीहरूलाई ५  प्रतिशत बाेनस र ०.२६ प्रतिशत नगद गरि कूल ५.२६  प्रतिशत लाभांश वितरण गरेकाे थियो ।

यस्तो छ बैंकको लाभांस इतिहास 

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११  प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १९.१७  प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

३ . आर्थिक वर्ष २०७०/७१  : आर्थिक वर्ष २०७०/७१  मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ६.३० प्रतिशत नगद गरि कूल २१.३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २०.८५ प्रतिशत बाेनस लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३  : आर्थिक वर्ष २०७६/७७ मा बैंकले  आफ्ना सेयरधनीहरूलाई १६.०७  प्रतिशत बाेनस र ०.८५ प्रतिशत नगद गरि कूल १६.९२ प्रतिशत लाभांश वितरण गरेकाे थियो  ।

६ . आर्थिक वर्ष २०७३/७४  : आर्थिक वर्ष २०७३/७४  मा  बैंकले आफ्ना सेयरधनीहरूलाई २.५ प्रतिशत बाेनस र ९.३०  प्रतिशत नगद गरि कूल ११.८० प्रतिशत लाभांश वितरण गरेकाे थियो  ।

७.आर्थिक वर्ष २०७४/७५  : आर्थिक वर्ष २०७४/७५  मा  बैंकले आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस र ५.४५ प्रतिशत नगद गरि कूल ९.४५  प्रतिशत लाभांश वितरण गरेकाे थियो  ।

८.आर्थिक वर्ष २०७५/७६  : आर्थिक वर्ष २०७५/७६  मा  बैंकले आफ्ना सेयरधनीहरूलाई ८.९६ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियो। 

९.आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७  मा  बैंकले आफ्ना सेयरधनीहरूलाई ५  प्रतिशत बाेनस र ०.२६ प्रतिशत नगद गरि कूल ५.२६  प्रतिशत लाभांश वितरण गरेकाे थियो ।
 
१०.आर्थिक वर्ष २०७७/७८   : आर्थिक वर्ष २०७७/७८  मा  बैंकले आफ्ना सेयरधनीहरूलाई १०  प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३  प्रतिशत लाभांश वितरण गरेकाे थियो ।




बैंकले हरेक वर्ष लाभांस वितरण गर्ने भएता पनि बैंकको लाभांस विवरण प्रणालीमा भने एकरुपता देखिदैन।  

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको  गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा  कम्पनीले खुद मुनाफामा बृद्धि गरेको थियो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ४१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११८.१८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १९ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर २८ करोड ८३ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ८ करोड ५८ लाख १६ हजार रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधीमा बैंकले ४१ अर्ब ७९ करोड ७३ लाख बढी निक्षेप संकलन गरी ३३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा १.१३ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा बढेर १.४० प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब १९ करोड ७९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड २ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन १४.०६ प्रतिशतले बढि हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा १०९.२१ प्रतिशतले बढेर ५६ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा २७ अर्ब ७७ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी २ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ९७ करोड ९९ लाख ९४ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडा कोषको आकार ६९ करोड ९३ लाख ९५ हजार रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २३ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९० पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा पुगेको छ बैंकको पीई रेसियो २७.८३ गुणा रहेको छ ।

बैंकको चुक्ता पुँजी र वितरण योग्य मुनाफालाई हेर्दा गत आर्थिक बर्षको मुनाफाबाट करिब १० प्रतिशत भन्दा बढि लाभांश वितरण गर्ने क्षमता बैंकसंग देखिन्छ । बैंकले आफ्नो रिजर्भबाट समेत थप गरी लगानीकर्ताहरुलाई लाभांस वितरण गर्नसक्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको