Like us!
Follow us!
Connect us!
Watch us!

दशैँको टीका लगाउने उत्तम साइत ११ः५१ बजे

अर्थ संसार

बुधबार, १९ असोज २०७९, ०८ : ०० मा प्रकाशित

दशैँको टीका लगाउने उत्तम साइत ११ः५१ बजे

आज यस वर्षको नेपालीहरुको महान चाड वडा दशैंको मुख्य दिन। आज  दिनमा मान्यजनको हातबाट भगवान दुर्गाको  प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ ।

तेस्तै समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा देवीलाई विसर्जन गर्ने साइत आज बिहान १० बजेर ३४ मिनेटमा तोकिदिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

आजबाट मान्यजनको हातबाट  दुर्गा भवानीको प्रसादको रुपमा टीका, जमरा थापेर मनाइन्छ र  कोजाग्रत पूर्णिमा सम्ममा मान्यजनबाट टीका ग्रहण गर्ने चलन रहेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको