Like us!
Follow us!
Connect us!
Watch us!

यो वर्षको नेपालभाषा साहित्य तःमुज्या आगामी शुक्रबार र शनिबार

अर्थ संसार

बुधबार, १९ असोज २०७९, १४ : ०० मा प्रकाशित

यो वर्षको नेपालभाषा साहित्य तःमुज्या आगामी शुक्रबार र शनिबार

 प्रत्येक वर्ष दसैंमा हुँंदै आएको नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) यो पटक २१ र २२ असोज (शुक्रबार र शनिबार) दुई दिन हुने भएको छ । जनता म्वासा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने नाराका साथ फरक फरक वर्षमा भक्तपुर नगरका फरक फरक खुल्ला स्थानमा बृहत रुपमा हुँंदै आएको सम्मेलनको ४२औं  श्रृंखला यो वर्ष भक्तपुर नगरपालिका वडा नं १ भार्वाचो भक्तपुरमा हुने भएको हो । 

४२औं  नेपालभाषा साहित्य तःमुज्या (सम्मेलन) का आयोजक समितिका संयोजक एवं भक्तपुर नगरपालिका-१ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले पहिलो दिनको सभापति शिक्षक ज्ञानसागर प्रजापति र दोश्रो दिनको सभापति भक्तपुर सूर्यविनायक नगरपालिकाकी चानुमति खुलीमुली रहने जनाइएको छ । कार्यक्रमको प्रमुख अतिथि भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रहने जनाइएको छ । 

कार्यक्रममा नयाँं पुराना साहित्यकारले विभिन्न भाषामा आफना रचना वाचन गर्ने कार्यक्रम राखिएको छ । कथा, कविता, निवन्धलगायतका विधाहरुमा प्रतियोगी तथा अप्रतियोगी रचना दुवै दिन वाचन गरिनेछ ।

दुवै दिन दिनभरदिनभर हुने सम्मेलनको क्रममा रातको समयमा भने प्रतियोगी नाटक, ख्याल (प्रहसन) हरु देखाइने छन् । दुवै दिन विशिष्ट क्षेत्रका विशिष्ट व्यक्तिबाट मन्तव्यको कार्यक्रम पनि राखिएको छ । राजनिज्ञ, साहित्यकार, पत्रकार, वकिल, जलश्रोतविज्ञ, कानुनविद्लगायतबाट मन्तव्यको कार्यक्रम पनि राखिएको छ । साथै, बीचबीचमा नृत्य पनि देखाइने छ । 

प्रतियोगिताको क्रममा उत्कृष्ट साहित्यकार, कलाकार तथा लेखकलाई पछि छुटै कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम राखिएको छ । नेपालभाषाको साहित्य क्षेत्रलाई अगाडि बढाउन सहयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष दसैमा यो कार्यक्रम चल्दै आएको छ । 

633d3d5132a97.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको