Like us!
Follow us!
Connect us!
Watch us!

इरानको सरकारी टेलिभिजन समाचार प्रसारणमा ह्याक

अर्थ संसार

आइतबार, २३ असोज २०७९, ०९ : ०६ मा प्रकाशित

इरानको सरकारी टेलिभिजन समाचार प्रसारणमा ह्याक

इरानको राज्य–संचालित टेलिभिजन लाइभ प्रसारणमा ह्याक भएको छ । शनिबार समाचार प्रसारण भइरहँदा देशका नेताविरुद्ध विरोधसहित समाचार बुलेटिन अवरुद्ध भएको थियो । लाइभ समाचार प्रसारण हुँदा टेलिभिजनको स्क्रिनमा एक मास्क देखा परेको थियो । त्यसपछि सर्वोच्च नेता अली खामेनीको तस्बिर उनको वरिपरि आगोको मुस्लो देख्न सकिन्थ्यो ।

महसा अमिनीको मृत्युलाई लिएर देशमा सुरक्षा बल र प्रदर्शनकारीबीच झडप हुँदा कम्तिमा तीन जनाको गोली हानी हत्या भएको छ । अमिनीलाई कपाल राम्ररी नढाकेको आरोपमा नैतिकता प्रहरीले तेहरानमा पक्राउ गरेको थियो । 

२२ वर्षीया इरानी कुर्दको पक्राउ परेको तीन दिनपछि अर्थात १६ सेप्टेम्बरमा हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि देशव्यापी अभूतपूर्व विरोध प्रदर्शन भएका छन् ।
स्थानीय समयअनुसार शनिबार ६ बजे समाचार बुलेटिन प्रसारण हुँदा ह्याक भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको