Like us!
Follow us!
Connect us!
Watch us!

अब यी आइफोनमा ह्वाट्सएप नचल्ने

अर्थ संसार

मंगलबार, २५ असोज २०७९, १४ : २३ मा प्रकाशित

अब यी आइफोनमा ह्वाट्सएप नचल्ने

अब विभिन्न आइफोनहरुमा ह्वाट्सएप नचल्ने भएको छ । यही अक्टोबर २४ देखि ह्वाट्सएपमा नयाँ अपडेट हुँदैछ । ह्वाट्सएपमा नयाँ अपडेट भएसँगै आइओएस १० र आइओएस ११ अपरेटिंग सिस्टममा चल्ने आइफोनमा ह्वाट्सएप नचल्ने बताइएकाे छ ।

जस अनुसार आइफोन ५ र आइफोन ५ सी मा ह्वाट्सएपले काम गर्दैन । किनकी यी दुवै आइफोनमा पछिल्लो आइओएस अपडेट इन्स्टल गर्न सम्भव छैन । तर आइफोन ५ एस र त्यसपछिका मोडेलमा भने अझैपनि आइओएस १२ को सपोर्ट प्राप्त हुन्छ । त्यसैले ती फोनमा ह्वाट्सएपले काम गर्नेछ । तर त्यसका लागि ती फोनमा आइओएस १२ अपडेट भने गर्नुपर्दछ ।

ह्वाट्सएपमा हुन लागेकाे उक्त अपडेटको असर निकै कम प्रयोगकर्तामा पर्ने रिपाेर्टमा उल्लेख गरिएकाे छ । किनकी हाल ८९ प्रतिशत आइफोन प्रयोगकर्ताहरूले आइओएस १५ मा अपग्रेड गरिसकेका छन् ।

आइफोन प्रयोगकर्ताहरूले आफ्नो आइफोनमा पछिलो आइओएस अपडेट चेक गर्नका लागि सेटिङ्गकाे जेनेरलमा भएकाे Software Upgrade मा जानु पर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको