Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट ५० रूपैयाँको टपअपमा आइफोन जित्ने मौका

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, १२ : ३२ मा प्रकाशित

खल्तीबाट ५० रूपैयाँको टपअपमा आइफोन जित्ने मौका

खल्तीले फेरी पनि आफ्नो चर्चित अफर “खल्ती मा आइफोन १४”  ल्याएको छ जस अन्तर्गत प्रयोगकर्ताले मात्र रु ५० मा आइफोन १४ जित्न सक्नेछन् । खल्ती प्रयोगकर्ताहरूले रु ५० को मोबाइल टपअप गरि आइफोन १४ जित्न सक्छन्। साथै, खल्ती प्रयोगकर्ताहरूले हरेक टपअपमा ५० खल्ती पोइन्ट्स प्राप्त गर्नेछन्। 

आइफोन १४ प्रतिको उत्सुकतालाई थप आकर्षित बनाउँदै खल्तीले रु ५० टपअपमा iPhone 14 जित्नको लागि यो अफर ल्याएको हो। खल्ती प्रयोगकर्ताहरूले होमस्क्रिनमा रहेको “खल्तीमा आइफोन १४” खण्डबाट टपअप गर्नुपर्छ।

यस अफरका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “खल्तीमा आईफोन” ले हाम्रा प्रयोगकर्ताहरूका लागि सधैं लोभ्याउने प्रस्ताव भएकोले हामी यो अफरप्रति उत्साहित छौं। यसैबीच, यो अफरको सुरुवातसँगै हामी हाम्रा प्रयोगकर्ताहरूलाई डिजिटल नेपालतर्फ थप उत्प्रेरित गर्न चाहन्छौं।” 

अफरमा सहभागी हुन भने केवाईसी (KYC) भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन्। यो अफर पौष २८ देखि फागुन १६ सम्म लागु हुनेछ। 

यस लगतै, खल्तीको हाल चलिरहेको “खल्तीमा बैंक लिंक” अफर अन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२” टिभी जित्ने सम्भावना रहेकोछ। “खल्तीमा आइफोन १४” मा टपअप गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंक बाट भुक्तानी गरि यो अफरमा पनि सहभागी जनाउन सक्नेछन्।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको